कानून बन्दैछन्, औद्योगिक क्षेत्र छिट्टै: पर्यटनमन्त्री थापामगर

पाेखरा | मंसिर २१, २०८०

कानून बन्दैछन्, औद्योगिक क्षेत्र छिट्टै: पर्यटनमन्त्री थापामगर तस्बिर फाइल

पोखरा:   गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापामगरले युवा पलायन देशको प्रमुख समस्या भएको बताउँदै रोजगारी सिर्जनाले मात्र पलायन रोक्न सकिने बताएका छन् । 


पोखरा नयाँबजारमा आजदेखि सुरु भएको समृद्धि स्टिल्स ३२ औं राष्ट्रिय पोखरा औद्योगिक व्यापार मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री थापामगरले रोजगारी सिर्जनाको लागि प्रदेश सरकारले वन ऐन ल्याएको र अव प्रदेशले जडिबुटी र काष्ठ उद्योगलाई प्रोत्साहन गरी रोजगारी सिर्जना गर्ने बताए । 


 उनले पोखरा महानगरको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माणको लागि अन्तिम कार्य भइरहेको बताउँदै अन्य पालिकाहरुमा पनि औद्योगिक ग्राम खोलिने बताए । 


 उनले गण्डकी क्षेत्र पदयात्राको लागि प्रख्यात रहेको र पदयात्रा मार्ग मासिँदा पर्यटन उद्योगमा असर परेको स्वीकार्दै अव वैकल्पिक पदयात्रा मार्गको निर्माणलाई विशेष महत्व दिइने पनि जानकारी दिए । 


 कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद विन्दुकुमार थापाले फेवाताल वरपरका जग्गाधनीहरुलाई उचित मुआब्जाको ग्यारेण्टी गर्दै फेवाताल संरक्षणको योजना अगाडि बढाउनुपर्ने बताए । उनले पोखरामा स्थायी प्रदर्शनी केन्द्र निर्माणलगायतका भौतिक पूर्वाधारका काममा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । 

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्